६ हजार ३ सय ४७ जनामा डेंगु सङ्क्रमण

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको संख्या ६ हजार नाघेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार गत मध्य माघ यता ६ हजार ३ सय ४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७ सय ५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको ईडीसीडीले जनाएको छ । 

संक्रमित भेटिएका ७५ जिल्लामध्ये सबैभन्दा बढी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौंमा पाँच सय बढी डेंगु सङ्क्रमित छन् । देशभर ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क छ ।

डेंगुवाट जोगिन लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकको सुझाव छ । 
 

प्रतिक्रिया