कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र
कालिकोट । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ ।
कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध हुँदा हुम्ला र मुगुबाट सर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्यामा गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा रहेका छन् ।
कालीकोट शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउने प्रयास भइरहेको भएपनि अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पनि यथाशीघ्र सडक आगमन सञ्चालन गर्न तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको जानकारी दिएका छन् ।
अहिले भएको ठाउँमा प्रहरीले हिँड्नलाई ढुंगा राखेर पैदल यात्रीलाई भने सहयोग गरिरहेको जनाइएको छ । यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरेपनि स्याउ बोकेका गाडीहरु भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने व्यापारीहरुको दुःखेसो छ ।
प्रतिक्रिया