एभिन्यूज खबर तीज महोत्सव सम्पन्न
काठमाडौं । एभिन्यूज खबरले आयोजना गरेको तीन दिने तीज महोत्सव सम्पन्न भएको छ । नक्सालस्थित आम्रपाली ब्याङक्वेटमा बिहीवारदेखि सुरु भएको महोत्सव शनिवार सम्पन्न भएको हो ।
महोत्सवमा नेपालको मैलिकता झल्कने महिलाहरुका लागि आवश्यक विभिन्न सामग्रीहरु राखिएका थिए । महोत्सवमा शृङ्गार लगायतका सामग्रीहरुप्रति उपभोक्ताहरु बढी आकर्षित भएका थिए । सजावटका सामाग्री, स्वदेशी तथा विदेशी गहरहना, लत्ताकपडा मेलाका आकर्षणको रुपमा रहेको थियो ।
महोत्सवमा विभिन्न कलाकारहरुले तीजको गीत प्रस्तुत गरेका थिए । महोत्सव नाचगान र गीतसंगीतले उल्लासमय बनेको थियो । महोत्सवको नेपाल उद्योग महासंघकी उपाध्यक्ष जोत्सना श्रेष्ठले शुभारम्भ गरेकी थिइन् ।
महिला उद्यमशीलतामा जोड दिदै एभिन्यूज खबरले तीज महोत्सवको आयोजना गरेको हो ।
प्रतिक्रिया