घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।
यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रति लिटरको १६३ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १६२ रुपैयाँ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै, पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा प्रति लिटर १५४ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
प्रतिक्रिया