ब्लड डोनर्स एशोसिएशन नेपालद्वारा एभिन्यूज टेलिभिजन सम्मानित

काठामाडौं । ब्लड डोनर्स एशोसिएशन नेपालले रक्तदान कार्यक्रमहरु खबर सम्प्रेषण गरे बापत एभिन्यूज खबरसहित विभिन्न सञ्चार गृह, संघसंस्था लगायतलाई सम्मान गरेको छ । 

शनिबार काठमाडौको सोह्रखुट्टेमा आयोजित आफ्नो २७औं साधारण सभा तथा ११औं केन्द्रीय अधिवेशनका अवसरमा ब्लड डोनर्स एशोसिएशन नेपालले एभिन्यूज खबरसहित विभिन्न सञ्चार गृह, संघसंस्था लगायतलाई सम्मान गरेको हो । 

सो अवसरमा सम्मान पत्र प्रदान गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कसैलाई रगत चाहिएमा सुलभ तरिकाले उपलब्ध गराउने वातावरण बनाउन नेपाल सरकारले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रमका एशोसिएसन नेपालका अध्यक्ष ई. सानु बाबु प्रजापतिले विगत तीन दशकदेखि रक्तदानको क्षेत्रमा विभिन्न चुनौतिका बाबजुद संस्थाले निरन्तर काम गरिरहेको बताए । 

अध्यक्ष प्रजापतिले आगामी दिनमा पनि रक्त संकलनका लागि निरन्तर लागिरहने प्रतिवद्धता पनि जनाए । 
 

प्रतिक्रिया