वर्तमान सरकार बनाउन क्याप्टेन थापाको ठूलो योगदान : सभापति देउवा

 

काठमाडौं ।  नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित  पुस्तक ’इन टु द फायर’ को विमोचन कार्यक्रमलाई सम्बोधन सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र आफूलाई नजिक ल्याउन थापाले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

देउवाले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भएपनि यथार्थमा थापा सबैलाई सहयोग गर्ने मान्छे भएको समेत बताए । देउवाले भने ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो,’ सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीति स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गरे । 

प्रतिक्रिया