रामकुमारीले रुनु पर्दैन,पार्टीले मूल्यांकन गर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित उपाध्यक्ष प्रकाश ज्वालाले निर्वाचनमा हार हुँदैमा कसैले रुदै हिड्नु नपर्ने बताएका छन् । 

पार्टीको निर्वाचनमा उपाध्यक्ष पदकी प्रत्यासी रामकुमारी झाक्री पराजित भएकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । झाक्रीले पार्टीमा सही भूमिका पाउने पनि उनको भनाई छ । एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै ज्वालाले पार्टीमा नेतृत्व चयन सर्वसम्मत भएको भए राम्रो हुने भएता पनि  निर्वाचनबाट झन् सही नेतृत्व आएको दाबी गरे ।

उनले आफ्नो पार्टी अब समाजवादी क्रान्तीमा लाग्ने पनि बताए । कुराकानीको बिस्तृत अंश आज शनिबार राति ८ बजे एभिन्यूज खबर टेलिभिजनमा हेर्नसक्नुहुनेछ । 
 

प्रतिक्रिया