सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ : महामन्त्री थापा

ललितपुर ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्ने बताएका छन् । 

गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औँ पुस्तकालय दिवस एवम् १५९ औँ मोती जयन्तीका अवसरमा शनिबारआयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नुपर्ने बताए ।  उनले समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने समेत बताएका छन् ।

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन गोदावरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सामुदायिक पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पुस्तकालयमार्फत साहित्यिक क्षेत्रमा, सामामुदायिक क्षेत्रमा गौरवपूर्ण काम गरेको जनाउँदै उनले रोजगार र तालिमका क्षेत्रमा पुस्तकालयमार्फत उल्लेखनीय काम हुने विश्वास व्यक्त गरे । 

स्रोत केन्द्रका अध्यक्ष वरिष्ठकुमार अधिकारीले पुस्तकालयले मानिसको व्यक्तित्व विकासमा योगदान पु¥याउने जनाउँदै पुस्तकालय सिङ्गो गाउँको सम्पत्ति भएको बताए । 
 

प्रतिक्रिया