पारालिम्पिक विजेता पलेशालाई  प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उाले पारालिम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिएका हुन् । 

“नेपालकी पलेशा गोवर्धनले पारालिम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्” उनले भने, “पलेशालाई यस उल्लेखनीय उपलब्धिका लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ ।”


 

प्रतिक्रिया