कांग्रेस पदाधिकारी बैठक जारी, प्रतिवेदनमा सहमति जुटाउने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो ।

बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो । 

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ । यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।

प्रतिक्रिया