कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पास गर्नुपर्ने आवाज पार्टीमा उठे पनि सहमति जुट्न सकेको छैन । देउवाले पटक पटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । 

प्रतिक्रिया