मनाङमा भूकम्पको धक्का

काठमाडौं ।  मनाङमा शनिबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान करिब पौने ४ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको  हो । 

भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको  केन्द्रले जनाएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको बताइएको छ । 

प्रतिक्रिया