कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारबाट बाहिरिएको एक महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

शुक्रबार विराटनगरमा सम्पन्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। गत साउन ११ गते माओवादीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका थिए।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको छ।

प्रतिक्रिया