म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्। सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा बोल्दै आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताए।

उनले भने, म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ।

अराजकता र अशिष्टता नभइ हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्ने बताए। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्ने उनको भनाइ छ।

प्रतिक्रिया