रास्वपाको सुदूरपश्चिमका महामन्त्री पारस बाहुन बर्खास्त

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाइ पार्टीवाट बर्खास्त गरेको छ। रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी  गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो । 
बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए । ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज स् असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को ९ग० र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को ९ट० बमोजिम यहाँलाई आजको मिति २०८१९०५९ १३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु‚’ विज्ञप्तिमा लेखिएको छ । 
कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए । 
यस अघि रास्वपाले केन्द्रीय महामन्त्री मुकुल ढकाललाई पार्टीको हित विपरित कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहेगरि  बर्खास्त गरेको थियो । 

प्रतिक्रिया