गृह सचिव अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौ । मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो । यसैगरी बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।     त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । एनसेललाई अनुमति पत्र नवीकरण वापतको २० अर्ब शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्ने बताए ।
 

प्रतिक्रिया