सार्वजनिकस्थलमा राष्ट्रपति अन्तर्गत पहिलो महिना भक्तपुर पुगे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । 

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेल शुक्रबार दरबार स्क्वायर क्षेत्र पुगेका हुन् । पौडेलले अहिले आम नागरिकसँग संवाद तथा स्थानीयहरूको गुनासो सुनिरहेका छन् । यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा जनप्रतिनिधिसहित स्थानीय र आम जनताले स्वागत गरेका थिए ।

प्रतिक्रिया