प्रधानमन्त्रीको भ्रमणपछि भारतसँग सम्बन्ध पुर्नस्थापित भयाे: मन्त्री किराती
थप हवाइ रुट दिन भारत सकारात्मक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताएका छन । आज योग दिवसका अबसरमा लुम्बिनीमा आायेजित कार्यक्रममा उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताएका हुन । मन्त्री किरातीले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको पनि बताए ।
मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिए ।
राजदूत श्रीवास्तवले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको जानकारी दिए । पछिल्लो समय योग नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुसीको विषय भएको भएको भनाइ थियो । राजदुत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेकोपनि बताए ।
प्रतिक्रिया