रोनाल्डो विशेष अवार्डबाट सम्मानित

काठमाडौं । युइएफएले पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान  क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

युइएपÞmए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १ सय ८३ खेलमा १ सय ४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । 

रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले १ सय ६३ खेलमा १ सय २९ गोल गरेका छन् । 

त्यस्तै, मेसी पछि रोबेर्ट लेवानडोस्कीले १ सय २० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया