एभिन्यूज खबरले गरेको तीज विशेष कार्यक्रम आजपनि
काठमाडौं । एभिन्युज खबरको आयोजनामा काठमाडौं भाटभटेनीस्थित आप्रपाली ब्याङक्वेटमा तीन दिने तीज महोत्सव चलिरहेको छ ।
नेपाली महिलाहरुको महान पर्ब तीजको पूर्व सन्ध्यामा आयोजित महोत्सवको बिहीवार एक कार्यक्रमविच नेपाल उद्योग महासंघकी उपाध्यक्ष जोत्सना श्रेष्ठले शुभारम्भ गरिन् । भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा बिभिन्न प्रकारका महिला उपयोगी सामग्रीहरु पनि राखिएको छ । सजावटका सामाग्री, स्वदेशी तथा विदेशी गहरहना, लत्ताकपडा मेलाका आकर्षणको रुपमा रहेका छन् ।
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने महोत्सवमा कलाकारहरुले गीत संगीत पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया