राष्ट्रपति पौडेल आज भक्तपुर दरवार स्क्वायर जाने

काठमाडौं । महिनामा एक दिन सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अन्तर्गत आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरवार स्क्वायर जाने भएका छन् । 

महिनामा एक दिन सार्वजानिकस्थलमा राष्ट्रपति कार्यक्रम पहिलो पटक सुरु हुन लागेको हो । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

राष्ट्रपति पौडेल आज बिहान साढे १० बजे भक्तपुर दरवार क्षेत्रमा देखिनेछन् । 

प्रतिक्रिया