प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी
अर्थ, श्रम, शहरी विकास र खानेपानी चार मन्त्रालयको बजेटमा सांसदले राय दिदै
प्रतिनिधिसभाको बैठकमा आजपनि विनियोजन विधेयक २०८० माथी छलफल जारी रहने भएको छ । बैठकमा शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ । हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल भएको थियो । मन्त्रालयगत छलफलका लागि असार ११ गतेसम्मको समय निर्धारण गरिएको छ । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया