आरजु कुनै पनि हालतमा प्रधानमन्त्री बन्दिनन् : प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आरजु राणा, देउवा कुनै पनि हालतमा प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् । 

बिहिबार एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै घिमिरेले अहिलेकै अवस्थामा  आरजु प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्रीको प्रसंग के कारणले झिकेको हो ओलीलाई नै थाहा होला भन्दै घिमिरेले कांग्रेसमा यो बहस शुरु नभएको जिकिर गरे ।  

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरेले अवको २ वर्षपछि एमालेसँगको सहमति बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे । एक अर्काे प्रसंगमा घिमिरेले कांग्रेसले आफ्नो नीतिबाट समाजवाद हटाउने र संविधानको प्रस्तावनाबाट पनि त्यो शब्द झिक्नुपर्ने बताए । घिमिरेसँग गरिएको बिस्तृत कुराकानी आज बिहिबार बेलुका ९ बजे एभिन्यूज खबर टेलिभिजनमा हेर्न सकिनेछ । 

प्रतिक्रिया