गाइलाई  यौन दुर्व्यवहार  प्रयास गर्दा घाइते

एजेन्सी । एक नग्न रूसी ब्यक्तिले थाइल्याण्डमा गाइलाई  यौन दुर्व्यवहार गर्ने  प्रयास गर्दा घाइते भएका छन् ।

थाइल्याण्डको सुरत थानी प्रान्तमा खैरो रंगको गाईलाई यौन दुव्र्यवहार गर्न खोज्दा गाइले ती रुसी व्यक्तिमाथि आक्रमण गरेको थियो । त्यसपछि उनी घाइते भएका बेलायती पत्रिका डेली स्टारले जनाएको छ । ती रुसी व्यक्ति २६ वर्षीय एभगेनी कुभ्सिनोभ रहेका सुरतका स्थानीय अधिकारीले जनाएका छन् । 

गाइले हानेपछि ती ब्यक्ति उद्धारका लागि चिच्याएका थिए । उनको चित्कार सुनेपछि  स्थानीय घटनास्थलमा पुगेर प्रहरीलाई खबर गरेका थिए । काठको बारमा बाँधिएको गाइतर्फ जानु अघि उनी नजीकै बाँधेको गोरुको छेउमा गएका थिए । पछि उनी गाइतर्फ मोडिएका थिए ।

स्थानीयले पनि  ती रुसी नाङगै हिडेको देखेपछि उसले पक्कै राम्रो काम नगरेको शंका गरेका थिए । सबैलाई चकित पार्ने  दृश्यमा कुभ्सिनोभ नाङ्गै  भुइँमा लडेको देखिएको छ । उनले बलात्कार गर्न चाहेको खैरो गाईले उनलाई लडाइरहेको छ । प्रहरी घटनास्थलमा पुगेर ती रूसीलाई स्ट्रेचरमा राखेर अस्पताल लगे । उनको शरीरकोे तल्लो भागमा चोट पटक लागेको र शरीरभरि घाउ भएको भन्दै  ब्यानाडर्म अस्पताल लगियो ।  यसैबीच, कुभशिनोभको उपचार गर्ने बान ना डोइम फाउन्डेसनका एक प्यारामेडिकले उनले गाईसँग यौन सम्बन्ध राख्न खोजेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । ती रुसीको कारमा भाङ पनि भेटिएको समाचारमा उल्लेख छ ।  जसले गर्दा उनले   गाईसँग यौन सम्बन्ध राख्न खोजिरहेका थिए । 


 
 

प्रतिक्रिया