भ्रष्टाचार गर्ने बेला मिलेर गर्ने अहिले एक अर्कालाई दोषारोपण गर्ने ? सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद् बैठकमा नेताहरूले एक अर्कालाई दोषारोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले संसद्‌मा ठूला दलका नेताहरू एक अर्काप्रति अनावश्यक आरोप–प्रत्यारोपमा उत्रिएको बताइन् ।

उनले नेताहरू झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको पनि बताइन् ।'अहिलेसम्म ठूला दलहरू मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नुभयो कि सुधार्नुभयो ? तपाईंहरूले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईंहरूले अहिलेसम्म ? उनले भनिन् ।

 
उनले भ्रष्टाचार गर्ने बेला मिलेर गर्ने तर अहिले एक अर्कालाई दोषारोपण गरिरहेको बताइन् ।  
सांसद कार्कीले भनिन्, 'भ्रष्टाचारका मुद्दाहरू यसरी किन लागिरहेका छन् रु भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने ? यस्ता कुराहरूबाट भुलभुलैयामा नलाग्नुस् ।'  

प्रतिक्रिया