दुई तिहाइको घमन्ड गरे बङ्गलादेश र श्रीलङ्काको अवस्था सम्झिनुस् : प्रचण्ड

धनगढी । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सत्तासीन कांग्रेस र एमालेले दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले दुई तिहाइको घमन्ड गरे बङ्गलादेश र श्रीलङ्काको अवस्था आउनसक्ने बताए ।  उनले भने, ‘उहाँहरूले जतिबेला जे पनि गर्नुहुन्छ । कहिले संसद् नै भङ्ग गरिदिनुहुन्छ । त्यसैले दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमन्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताए  ।

‘अध्यक्ष प्रचण्डले दुई ठुला पार्टी रक्षात्मक रूपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताए ।भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने भन्दै प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताए ।  


 

प्रतिक्रिया