विश्वविद्यालयमा सरकारले हस्तक्षेप नगरेको शिक्षामन्त्री भट्टराईको दाबी

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छन । आज प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी हुन । उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नभएको दाबी गरिन ।  
मन्त्री भट्टराईले विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनै पनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने स्पष्ट पारिन । प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको उनको प्रष्टोक्ति थियो । मन्त्री भट्टराईले विद्यमान नियम, कानुनबमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताइन । मन्त्री भट्टराईले राजनीतिक प्रतिवद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकारे विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराइन ।। 

प्रतिक्रिया