छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे

फाइल तस्बिर

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् । 

वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने उल्लेख गरे । 

मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । उनले यसबारेमा सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया