जनयुद्धको नाममा चन्दा असुल्नेले जनयुद्धलाई हिंसा भने: सांसद लामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव  योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लामाले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्नेले नै जनयुद्धलाई हिंसा भनेको टिप्पणी गरेका छन् । 
लामाले ०७ साल, २८ साल र ५२ सालका सबै विद्रोह एकात्मक शासन प्रणाली विरुद्ध जनताले उठाएको आवाज भएको प्रष्ट्याए। उनले भने, ‘२००७ सालको कुरा, २०२८ सालको झापा विद्रोहको कुरा, २०५२ सालको सशस्त्र जनयुद्ध, यी सबै एकात्मक शासन प्रणालीको विरुद्धमा लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् ।  जो जनमुक्ति र वर्गमुक्तिको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको हो । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

हिजो प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओेवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप-प्रत्यारोप चलेको थियो ।  

प्रतिक्रिया