प्रधानमन्त्रीद्वारा मदन भण्डारीको प्रतिमा अनावरण

काठमाडौं ।   प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको बिहीबार  उनले अनावरण गरेका छन् ।  

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहेका  थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका हुन् । 
 

प्रतिक्रिया