भारतीय प्रधानमन्त्री मोदी आजदेखि अमेरिकाको राजकीय भ्रमणमा

बाइडेनसँगको भेटमा आतंकवादविरुद्धका उपायमा छलफल गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा निस्केका छन । विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव हर्षवद्र्धन श्रृंगलासहित केही वरिष्ठ अधिकारीका साथ उनी आज विहान अमेरिकातर्फ लागेका हुन । भ्रमणका क्रममा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच आगामी शुक्रबार वासिंगटनमा भेटवार्ता हुने बताइएको छ । मोदी र बाइडेनबीचको द्विपक्षीय वार्तामा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादविरुद्धका उपायका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । मोदीले भोली बिहान संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मञ्चमा योग गराउने कार्यक्रम छ । मोदी जुन २४ सम्म अमेरिका रहनेछन ।।

प्रतिक्रिया