नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्न एमाले सांसदको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् । 

उनले भने, ‘हामीले देशलाई धर्म निरपेक्ष राष्ट्र बनायौं, हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ। सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दू राष्ट्रको पहिचान दिऔँ।’

उनले धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य संगठनको उमेदवारी दिँदा पनि हारिएको बताए ।  

प्रतिक्रिया