रविको निर्वाचन क्षेत्रको मान्छे भन्दै रास्पपाले क्यानका डीजी जोगाउन पहल थाले: सांसद बजगाईं

काठमाडौँ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डीजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले क्यानका डीजी  रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे भएको भन्दै जोगाइदिन सहमहामन्त्री आफूकहाँ आएको बजगाईंले बताए । 

‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्त्व दर्ता गराउनुभएको छ‚’ उनले भने‚‘ यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो । क्यानका डीजी जोगाउन भन्दै । उहाँ हाम्रो निर्वाचन क्षेत्रको मान्छे रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्‍यो भन्दै अचानक आउनुभयो ।’

बजगाईंले प्रश्न गर्दै थपे‚ ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ रु नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’

प्रतिक्रिया