प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सांसदहरुकाे सुझाव

काठमाडौ । प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा उनीहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिए । 

सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरिन् । 

सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिए । 

सांसद राजेन्द्र बजगाइले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया