महामन्त्रीद्वयको प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । आज महामन्त्रीद्वयसँग बसेको बैठकमा प्रतिवेदनको विषयमा कुरा नमिलेपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले मंगलबार र   आज विहीबार दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए ।

चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । ‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।
दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ ।  महामन्त्रीद्वयले तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने अडानमा छन्  ।  

प्रतिक्रिया