ओलीले भनेको महिला प्रधामन्त्री आफु नभई एमालेकै कोही हुन सक्छन्: आरजु राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अबको प्रधानमन्त्री आफू नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएको बताएकी छिन्। बिहीबार धनगढीस्थित आफ्नै निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो। प्रधानमन्त्री भन्ने कुरा त्यो पहिले संसदीय दल नेता हुनुपर्‍यो। बाहिरबाट हेर्दा एउटा देखिएला, पार्टीभित्र मेरो आफ्नो हैसियत कति हो मलाई थाहा छ, राम्रो कल्पना हो,’ आरजुले भनिन्। उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।
महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्तिलाई भने उनले सकारात्मक भन्दै धन्यवाद दिएकी छन्। ओलीले भनेपनि  आफ्नो लागि नभई एमालेकै कोही उम्मेदवार हुन सक्ने  उनले  बताइन् । 

त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । उनले भनिन्, ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’

मन्त्री देउवाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो ।  उनले दुई ठुला दलको सरकार ०८४ सम्म कायमै रहने समेत उल्लेख गरिन् । 

उनले के(के काम गर्न कांग्रेस(एमालेले सरकार बनाएको भन्ने पनि सात बुँदे सहमतिमै प्रष्ट खुलाइएको बताइन्। 

प्रतिक्रिया