सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५३ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार त्यो मूल्यभन्दा बढी कायम भएको हो ।
यही भदौ ५ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया