मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक बिहीबार साँझ बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार साँझ ५ बजे बैठक बोलाइएको हो । 

बिहीबारको बैठकले मुख्य सचिव नियुक्ति गर्ने सम्भावना छ । डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।

मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो । 

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् ।

प्रतिक्रिया