एकीकृत समाजवादीको पदाधिकारीसहितको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दै छ । बिहान ११ बजे बस्ने गरी एकीकृत समाजवादीको बैठक बोलाइएको हो । 

पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक बोलाइएको बताइएको छ । बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेरको तयारी छ । 

केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । निर्वाचनका माध्यमबाट पार्टीका १८ पदाधिकारी छनोट गरिएको छ । पोलिटब्युरो सदस्य पनि छनोट भइसकेका छन् ।
 

प्रतिक्रिया