धनगढीमा माओवादी परामर्श समिति बैठक आजपनि
काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पार्टीको प्रदेश परामर्श बैठक बिहीबार पनि जारी छ । बुधबारबाट स्वास्थ्य तालिम केन्द्र धनगढीमा बैठक सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितीमा बिहीबारसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता छ । बैठकमा अध्यक्ष दाहाल सहित केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श लिने गरेका छन् ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रूपमा जनतामा जाने माओवादीको तयारी छ ।
प्रतिक्रिया