कांग्रेस सभापति देउवाको उपसभापति र महामन्त्रीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका उपसभापति र महामन्त्रीसँग छलफल गर्दैछन् । केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न प्रस्तावमाथि सर्वसम्मत निर्णय गराउन देउवाले दुई उपसभापति र दुई महामन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । 

देउवा निवास बुढानिलकण्ठमा बसेको बैडकमा उपसभापतिद्वय पुर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग देउवाले छलफल गर्ने बताइएको छ । 

कांग्रेस केन्द्रीय समिति बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ । महामन्त्री थापाको चुनावमा गठबन्धन नगर्ने प्रस्ताव र अर्का महामन्त्री शर्माको निश्चित समयपछि नेतृत्व छाडनुपर्ने प्रस्तावमा सहमतिको प्रयास थालिएको हो । देउवा दुबै महामन्त्रीका प्रस्तावप्रति सकारात्मक छैनन् । 

प्रतिक्रिया