एकीकृत समाजवादीका पदाधिकारीमा हार व्यहोरेका नेताले पोलिट्ब्युरोमा जित निकाले

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा पदाधिकारीमा हार व्यहोरेका नेताले पोलिट्ब्युरोमा भने जित निकालेका छन् । बिहीबार सम्पन्न मत गणनामा विरोध खतिवडाले सर्वाधिक मत ल्याएका छन् । दोस्रो लोकप्रिय मत ल्याउनेमा जीवनराम श्रेष्ठ, तेस्रोमा रमा आले र चौथोमा रामकुमारी झाँक्री रहेका छन् । 

यस्तै रामचन्द्र झा पाँचौँमा हुँदा विजय पौडेललाई ७ औँ मत प्राप्त भएको छ । विरोध उपाध्यक्ष, जीवनराम उपमहासचिव, झाँक्री र रामचन्द्र उपाध्यक्षमा पराजित भएका थिए । यस्तै, विजय पौडेल पनि उपाध्यक्ष पराजित भएका थिए । 

एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको हो । पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो । 

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदाधिकारी छनोट गर्न सकेको थिएन । एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ र केन्द्रीय समिति सदस्य संख्या २ सय ९९ सदस्यीय रहने व्यवस्था छ । 

प्रतिक्रिया