आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ । आमचुनाव–०७९ पछि दुई चरणको अभियान पूरा गरिसकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ । 

आगामी चुनाव २०८४ सम्मकै लागि पार्टी केन्द्रीत कार्यक्रम पार्टीले ल्याउन लागेको हो । तेस्रो चरणको अभियानमा भने नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिने तयारी छ । गत १७ असारकै बैठकले नेताहरुलाई आफ्नो पायक पर्ने क्षेत्रकै जिम्मेवारी दिएको छ । 

सचिवालय बैठकले ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । 
 

प्रतिक्रिया