एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता
नेकपा एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज विहान बालकोटमा उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको हो । एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको बताएको चौधरीले जानकारी दिएका थिए । ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका छन । उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता यातना दिएको कुरा स्मरण गरेका हुन । रेशम चौधरी जेलमा रहँदा एमाले अध्यक्ष ओलीले पठाइदिएको ज्याकेट र जुत्ता पठाइदिएका थिए । गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका रेशम चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन । उनले धरानका नगरप्रमुख हर्क साङपाङलाई भेट्ने कार्यक्रम छ । यसअघि उनले प्रधानमन्त्री पुष्पकल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग राजनीतिक भेटघाट गरेका थिए ।
प्रतिक्रिया