कागजमा भन्दा फिल्डमा नतिजा देखिनेगरी काम गर्न मन्त्री पाण्डेद्वारा निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिनेगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

पर्यटन सम्बद्ध निकायसँग बुधबार छलफलका क्रममा उनले कुन निकायमा कुन ऐन कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे  ।

उनले मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएको छ । 

प्रतिक्रिया