वर्षासँगै नदीहरूमा पानीको बहाव बढ्न थालेपछि बाढीको जोखिम उच्च

flood

वर्षासँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाशाखाले अबका तीन दिन तमोर, अरुण, कन्काईलगायत नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज देशका केही साना नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्ने सक्ने जनाएको छ । ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया