त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क बढाइएको भन्दै बिरोध

काठमाडौं । त्रिभुवन विमानस्थलमा पार्किङ शुल्कमा मनपरी गरेको भन्दै ट्याक्सी चालकहरुले बिरोध जनाएका छन् । 

विश्व परिवेश र  देशको आर्थिक अवस्थाका कारण  जीवन धान्न नै धौधौ परिरहेका बेला मिलेमतोमा एकलौटी रुपमा पार्किङ शुल्क बढाइएको  भन्दै खारेज गर्न ट्याक्सी चालकहरुले माग गरेका छन् । आफूहरुको बिरोधका कारण उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार नेपाल नागरिक उड्डयन प्राधीकरण त्रिभुवन विमानस्थल कार्यालय हुने ट्याक्सी चालकहरुको भनाई छ । अखिल नेपाल यातायात मजदुर संघ,नेपाल ट्याक्सी चालक संघ लगायतका संस्थाले शुल्क बृद्धि फिर्ता लिन सरकारको  ध्यानकर्षण  गराएका छन् ।

आफूहरुका माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने पनि मजदुर संगठन र ट्याक्सी चालकले चेतावनी दिएका छन् । शुल्क उठाउने ठेक्का प्राधीकरणले  शिद्धगढी मारुती जेभी प्रालिलाई दिएको छ । नयाँ शुल्क अनुसार मोटरसाइकलका लागि प्रतिघण्टा ४० रुपैयाँ,कार र जीपका लागि ८० रुपैयाँ,हलुका सवारीका लागि १ सय रुपैयाँ र गहै सवारी साधनका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यस अघि यो भन्दा  शुल्क कम रहेको थियो । 

प्रतिक्रिया