आरजु प्रधानमन्त्री बने कांग्रेस र देश दुवै सकिन्छन् : वामदेव गौतम

काठमाडौं । वामपंथी नेता एवं राष्ट्रिय सभा सांसद बामदेव गौतमले आरजु राणा देउवा प्रधानमन्त्री बने कांग्रेस र देश दुवै सकिने दाबी गरेका छन् । 

एभिन्यूज खबरको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका गौतमले आरजुलाई कांग्रेसले प्रधानमन्त्री बनाए कांग्रेसमात्रै नभइ देशै सकिने बताएका हुन् । एक प्रश्नको उत्तरमा गौतमले अहिले राजनीतिक दलका नेताहरुको ब्यवहारले राजा फाल्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरे ।

नेकपा एमालेले आफूलाई अपमान गरेकाले अब एमालेमा कुनै पनि हालतमा नजाने र त्यसको घाटा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हुने दाबी गौतमको छ । ठूला भनिएका दलहरु असफल भएकाले देश मध्यावधि निर्वाचनमा जाँदा फाइदा हुने पनि गौतमले बताए । गौतमसँगको बिस्तृत कुराकानी एभिन्यूज खबर टेलिभिजनमा बुधबार(आज) राती ९ बजे हेर्नसक्नुहुनेछ । 

प्रतिक्रिया