गोलाप्रथाले साठी प्रतिशत न्यायिक विचलन घट्यो: प्रस्तावित प्रधानन्यायाधीश कार्की

harikrishnakarki

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि साठी प्रतिशत न्यायिक विचलन घटेको दाबी गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा जारी छलफलमा उनले गोला प्रणालीबाट न्याय निरुपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उल्लेख गरेका हुन् । गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा साठी प्रतिशतले अनियमितता घटेको उनको दाबी छ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्दा गोला प्रथा लागु भएपछि न्याय निरुपणमा सहज भएको पनि कार्कीले बताए ।
प्रस्तावित प्रधानन्यायाधीस कार्कीले आफू इच्छाविपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको जनाएका छन् । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको अहिले परिस्थितिवस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले बिचौलिया पहिचान गरी सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने जनाए ।
यसैविच प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय समितिमा भोलि सवालजवाफ हुने भएको छ । भोली नै समितिले उनको नाम अनुमोदन गर्ने सम्भावना छ । कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया