भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने विधेयक फिर्ता गर्न कांग्रेस सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने गरी प्रस्तावित विधेयक फिर्ता लिन सरकारलाइ आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले यो विधेयक भ्रष्टाचारसम्बन्धि विधेयकमा पाँच वर्ष हदम्याद राख्नु दुर्भाग्यपूर्ण भएको बताए । “भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्ष राख्ने काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो केको निम्ति ल्याइएको हो ,” उनले प्रश्न गरे, “लोकतन्त्र, सुशासन, समाजिक न्याय, विकासका निम्ति ल्याइएको हो रु यो कसको निम्ति ल्याइएको हो ।”

भ्रष्टाचारीलाई उन्मुक्ति दिन उक्त विधेयक ल्याइएको भन्दै फिर्ता गर्न उनले माग गरे । “यो विधेयकले भ्रष्टाचारबाट उन्मुक्ति दिने, भ्रष्टाचारलाई प्रोत्साहान गर्ने भएकाले तत्काल फिर्ता गरियोस्, यदि यो सरकार सुशासनको पक्षमा छ भने,” उनले भने । 

उनले भ्रष्टाचारीको रक्षा नै गर्ने भए सदनलाई संसद्को विवेकको मत दिने अधिकार प्रारम्भ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । केसीले सदनमा उठेका र चर्चित भ्रष्टाचार काण्डको छानबिनका लागि प्रधानन्याधीशको नेतृत्वमा न्याययिक आयोग गठनको माग समेत गरे । 

विधेयक अगाडि बढाउने नै हो भने सांसदहरुलाई ह्वीप लगाउन नहुने उनको राय छ । ‘होइन सक्दै सक्दैन्, त्यसलाई रक्षा गर्नुछ भने यो सदनलाई विवेकको मत दिन अधिकार प्रारम्भ गरियोस्’ सांसद केसीले भने ।
 

प्रतिक्रिया